म्यान्चेष्टर डर्बीः पहिलो हाफमा सिटीको फराकिलो अग्रता

म्यान्चेष्टर डर्बीः पहिलो हाफमा सिटीको फराकिलो अग्रता

काठमाडौं ।  इङ्लिश प्रिमियर लिगअन्तर्गत म्यान्चेष्टर डर्बीमा अहिले चीरप्रतिद्धन्दी सिटी र यूनाईटेडबीच प्रतिस्पर्धा भइरहेको छ । सिटीको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोलीले ४ गोल‌‌‌‌ले अग्रता लिएको छ ।

सिटीका लागि फिल फोडेन र एर्लिङ हाल्याण्डले गोल गरे । खेलको ८ र ४३ औँ मिनेटमा फोडेनले सिटीको लागि गोल गरे । हाल्याण्डले खेलको ३४ र ३८ औँ मिनेटमा गोल गरे ।

सिटी छैटौँ जितको खोजीमा रहेको छ भने यूनाइटेड पाँचौँ जित निकाल्न चाहन्छ । १७ अंकसहित सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । १२ अंक भएको यूनाईटेड पाँचौँ स्थानमा छ ।

अर्को खेलमा लिड्स यूनाईटेड र एस्टन भिल्ला राति सवा ९ बजे आमने सामने हुनेछन् । यूनाईटेड र भिल्ला तेस्रो जितको खोजीमा रहेका छन् । ८ अंक भएको यूनाईटेड १३ औ स्थानमा छ । ७ अंकसहित भिल्ला १४ औँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved