मनास्लुमा अर्को हिमपहिरो, एक जना नेपाली बेपत्ता

नेपालभ्युज

मनास्लुमा अर्को हिमपहिरो, एक जना नेपाली बेपत्ता
फाइल फोटो

काठमाडौं । मनास्लुमा फेरि गएको हिमपहिरोमा परि एकजना नेपाली बेपत्ता भएका छन् । हिमपहिरो आइतबार दिउँसो साढे ३ बजेतिर गएको हो ।

हिमपहिरोमा परि बेपत्ता हुने नेपाली शेर्पा थरका भएको र उनी सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिमा कार्यरत थिए । सोही कम्पनिमा कार्यरत पासाङ फुर्बु शेर्पाका अनुसार उनको नाम खुलिसकेको छैन ।

दोस्रो शिविरबाट आधार शिविरतर्फ फर्कने क्रममा चार जना हिमपहिरोमा परेका र उनीहरूले फरक फरक कम्पनीका काम गर्ने प्रहरीले जनाएको छ । बेपत्तामध्ये तीन जना सकुशल भेटिएका छन् । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved