भारतमा ट्याक्टर दुर्घटना हुँदा २६ जनाको मृत्यु , २४ घाइते

नेपालभ्युज

भारतमा ट्याक्टर दुर्घटना हुँदा २६ जनाको मृत्यु , २४ घाइते

 

काठमाडौं । भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर दुर्घटना हुँदा कम्तिमा २६ जना भक्तालु दर्शनार्थीको को मृत्यु भएको छ । दुर्घटनामा १४ महिला र १२ बालबालिकाको मृत्यु भएको हो । ५० जना सवार ट्रयाक्टरमा २४ जना घाइते भएका छन् ।

कानपुरको फतेहपुरस्थित देवी मन्दिरमा पूजाआजा गरी फर्किरहेका यात्रुहरु रहेको ट्याक्टर दुर्घटनामा परेको हो । पानी भरिएको खाल्डोमा ट्रयाक्टर खस्दा दुर्घटना भएको स्थानीय प्रशासनले जनाएको छ ।

घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धार र राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved