इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

नेपाल भ्युज

इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं। इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा एमाले परित्याग गरेका छन्। नेकपा एमाले परित्याग गरी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा आज माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। सो अवसरमा चौधरीसहित विभिन्न ११ जना एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

चौधरी माओवादी केन्द्रबाट प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ। चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved