समानुपातिकको बन्द सूची सच्चाउने आज अन्तिम दिन, १२ दललाई आयोगको बोलावट

नेपालभ्युज

समानुपातिकको बन्द सूची सच्चाउने आज अन्तिम दिन, १२ दललाई आयोगको बोलावट
फाइल फोटो

काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ।

आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्मको समयावधि दिएको थियो।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेश गरेका थिए। १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आज आयोगमा बोलाइएको छ।

प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन्। दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि नाम फिर्ता लिन सोमबारको समय तोकिएको छ।

नेपाली कांग्रेस लगायतका दलहरूले पुरानो सूची सच्याएर नयाँ बुझाउने तयारी गरेका छन्। कांग्रेसमा संस्थापनइतर समूहले समानुपातिकको बन्द सूचीप्रति असन्तुष्टि जनाएपछि पार्टी सभापति शेरबहादुर देउवा सच्याउन तयार भएका हुन्।

यो पनि पढ्नुहोस्

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम रातभरि चल्यो, ४८ दलको निवेदन

नयाँ मापदण्डसँगै कांग्रेसका १० महिला समानुपातिक सूची बाहिर

समानुपातिकतर्फ ११ राजनीतिक दलले पेस गरे बन्दसूची

माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न कांग्रेसलाई सकस

यस्ता छन् कांग्रेसले तोकेको समानुपातिक उम्मेदवार चयनको मापदण्ड

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved