डेंगु नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न नेविसंघको माग

नेपालभ्युज

डेंगु नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न नेविसंघको माग

काठमाडौं। देशभर महामारीको रुपमा फैलिरहेको डेंगु रोग नियन्त्रणका लागि नेपाल विद्यार्थी संघले सरकारको ध्यानाकर्षण गराएको छ।

डेंगु नियन्त्रणका लागि देशभर सिटामोलको सहज आपूर्ति गर्न तथा संक्रमितहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गर्दै नेविसंघले स्वास्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

देशभरका अधिकांश अस्पतालमा डेंगुका बिरामीले बेडहरू भरिएको भन्दै नेविसंघले अस्पतालहरूमा आवश्यक बेडहरू थप्न पनि माग गरेको छ।

डेंगुको संक्रमण बढ्दो क्रममा रहेकाले राज्यले चाँडोभन्दा चाँडो स्वास्थ्य प्रकोप घोषणा गरी सबै संयन्त्र डेंगु नियन्त्रणमा परिचालन गर्न पनि माग गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved