जवर्जस्ती करणीको झुठा जाहेरी दिने महिला पक्राउ

नेपालभ्युज

जवर्जस्ती करणीको झुठा जाहेरी दिने महिला पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। आफूमाथि जवर्जस्ती करणी भएको झुटा जाहेरी दिने एक महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर लोकन्थलीमा ल्याई अचेत बनाएर एक पुरुषले जवर्जस्ती करणी गरेको भनि प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्।

उनको जाहेरीमाथि अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दिएको खुलेको प्रहरीले जनाएको छ। महिलालाई ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved