धादिङमा महोत्सवका सामान बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु

नेपालभ्युज

धादिङमा महोत्सवका सामान बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु

काठमाडौं। धादिङमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ। नीलकण्ठ नगरपालिका-१० हनुमानडाँडा नजिकै ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५/२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्यानटारमा यही असोज २८ गतेदेखि हुने महोत्सवका लागि स्टल बनाउन रड, फलामका सामानहरु बोकेको ट्रक कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको बुझिएको छ।

दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्रक बीच सडकमा आफै अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved