उम्मेदवार छान्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

नेपालभ्युज

उम्मेदवार छान्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मदेवार छनोट गर्न जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ।

सत्ता गठबन्धनमा सीट बाँडफाँटमा असन्तुष्ट बनेको जसपाले प्रदेश र प्रतिनिधिसभा दुवैतिरका उम्मेदवारको तय गर्न आज कार्यकारिणी समितिको बैठक बोलाएको हो।

जसपाका प्रवक्ता मनिस कुमार सुमनले उम्मेदवारहरूको टुंगो लगाउन बैठक बोलाइएको जानकारी दिए। जसपाले सीट बाँडफाँट न्यायोचित नभए गठबन्धनबाट बाहिरने चेतावनी समेत दिएको छ।

जसपाले मधेसमा १६ सहित कम्तिमा २० सीट दाबी गरेकोमा १६ सीटमात्र पाएको छ। गठबन्धनले पनि सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved