युक्रेनी भूमि हडप्ने रुसी कदमको विश्वभरबाट निन्दा, थप प्रतिवन्ध लगाउने अमेरिकाको घोषणा

नेपालभ्युज

युक्रेनी भूमि हडप्ने रुसी कदमको विश्वभरबाट निन्दा, थप प्रतिवन्ध लगाउने अमेरिकाको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति ब्लादिमीर पुटिनले युक्रेनका चार नयाँ क्षेत्र आफ्नो मुलुकमा गाभेको घोषणा गरेपछि विश्वभरबाट तिव्र प्रतिक्रिया आएको छ ।

क्रेमलिन आयोजित विशेष कार्यक्रममा पुटिनले युक्रेनको  दोनेत्स्क, लुहांस्क, खेरसोन र जोपोरिज्जिया क्षेत्र मुख्य भूमिमा मिलाउने दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

यसलाई संयुक्त राष्ट्रसंघ सहित विश्वका धेरै देशले अवैध भनेका छन् ।

युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेंस्कीले नेटोको सदस्यता दिन आग्रह गरेका छन् । युरोपेली यूनियनले युक्रेनको भूमि गाभ्ने पुटिनको घोषणाको भर्त्सना गर्दै यसलाई अवैध भनेको छ ।

युनियनले यसलाई मान्यता नदिने पनि स्पष्ट पारेको छ । अमेरकी राष्ट्रपति जो बाइडनले युक्रेनी भूमि हड्पने कामको कडा निन्दा गरेका छन् ।

रुसले अन्तराष्ट्रिय कानून उल्लंघन गरेको भन्दै बाइडेनले यस्ता कामले वैधता नपाउने प्रतिक्रिया दिएका छन् । बाइडनले रुसमाथि थप प्रतिवन्ध लगाउँदै युक्रेनलाई थप रकम सहयोग गर्ने घोषणा पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved