सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु, १७ घाइते

नेपालभ्युज

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु, १७ घाइते
सांकेतिक तस्वीर

सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा कुमाख गाउँपालिका–७ डुमकोटका अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा मन्दिर दर्शनका लागि जाँदै गरेका यात्रु परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved