प्रेमगीत ३ हेरेपछि

भारतीय बजारमा पहिलो नेपाली फिल्मले कस्तो छाप छोड्यो?

सम्झन लायक बन्न सक्यो वा सकेन?

फिल्म ‘प्रेमगीत ३’ जे जस्तो होस्, यसले यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि भारतीय बजारमा सम्भावनाका ढोका खोलिदियो। नेपालमा बनेको फिल्मले यस्तो चर्चासहित भारतका हलहरूमा ‘सो’ पाउनु नै निर्माताका लागि उत्साहको विषय हो। नेपाली फिल्मकर्मीका लागि देखाइदिएको एउटा वैकल्पिक बाटो हो। नेपाली फिल्मको भारतीय बजारमा पहिलो प्रभाव त्यहाँका दर्शकका लागि सम्झ नालायक बन्न सक्यो वा सकेन थप समीक्षा हुन बाँकी छ।

भारतीय बजारमा पहिलो नेपाली फिल्मले कस्तो छाप छोड्यो?

फिल्म– प्रेम गीत ३
कास्ट– प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापालगायत
निर्देशक– सन्तोष सेन र छेतेन गुरुङ

तीन साताअघि भारतीय तथा पाकिस्तानी चर्चित युट्युबहरूले फिल्म ‘प्रेम गीत ३’ को टिजरको रियाक्शन भिडिओ बनाएर पोस्ट गरे। जतिजनाको रियाक्सन लिएका थिए उति नै जनाले फिल्म हेर्न उत्साहित भएको प्रतिक्रिया दिएका थिए। प्रेम गीत ३ ले नेपाली फिल्मलाई भारतमा बाटो समेत खुलायो। नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्मको हिन्दी संस्करणको लागि डबिङ गरिएको थियो।

अन्ततः प्रेम गीतका यसअघिका सिक्वेल हेरेका फ्यानहरू तथा प्रेमगीत ३ को टिजर हेरेको फिल्म हेर्न तयाररतहरूको प्रतीक्षाको घडी सकियो (७ असोज) गत शुक्रवार। विश्वभर एकैसाथ स्क्रिनमा प्रदीप खड्का र कृष्टिना गुरुङ अभिनीत फिल्म प्रेमगीत ३ चढ्यो।

भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन भयो। सिनेमा हलहरूमा शुक्रवार बिहानै दर्शकको ताँती लाग्यो। खासगरी युवापुस्ताका दर्शकले हल भरिभराउ देखिन्थ्यो। नेपालमा मात्र नभई भारतमा समेत भीड देखियो। नेपालमा हिन्दी संस्करण ४ दिनपछि १० गतेबाट रिलिज गरियो।

पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन भएकाले फिल्मको प्रतिक्रिया र व्यापारलाई लिएर धेरैको चासो थियो। नेपालमा हिन्दी रिलिज भइसक्दा भारतीय दर्शकहरूबाट धेरै राम्रो प्रतिक्रिया आइरहेका थिए। यसैले हिन्दी भर्सन हेर्न पनि दर्शकको उत्तिकै भीड लाग्यो। नेपालमा दोस्रो हप्तामा पनि यही फिल्म दोहोरिएको छ।

चार करोडको नेपाली सिनेमा, भारतमा तीन सय करोडको चर्चा

प्रेम र गीतको वरिपरि घुम्ने कथा

चलचित्रमा एउटा पुरानो युगको कथा देखाइएको छ। यो एक प्राचीन सेटअपमा सेट गरिएको हिमालयको बेउलबाट शक्तिशाली खजाक राज्यको महाकाव्य कथा हो। तर, नेपालको इतिहासको कथा भने होइन। काल्पनिक कथा हो।

कथा दुई प्रमुख पात्र प्रेम र गीतको वरिपरि घुम्छ। जहाँ प्रेम ज्योतिषशास्त्र अनुसार सबैभन्दा शुभ समयमा जन्मिएको हुनाले सिंहासनको उत्तराधिकारी मानिन्छ। जुन कुरा दरबारमा माताले भनेकी हुन्छिन्।

तर प्रेमको दाइ (अमन)ले यो कुरा मन पराएका हुँदैनन्। उनी त्यहाँको राजा बन्न चाहन्छन। तर प्रेमले भने आफू ‘गीत’सँगको प्रेममा परेको हुँदा दरबारको नियम अनुसार राजयोग छोडेर गीतसँग विवाह गर्न तयार हुन्छन्। दरबारकी माताले प्रेम नै दरबारको उत्तराधिकारी हुनुपर्ने नत्र राजपरिवारको वंश नै नाश हुने चेतावनी दिन्छिन्।

त्यसकारण प्रेमलाई राजपरिवारको नियम विपरीत बिहे गर्न दिएर प्रेमलाई नै दरबारको राजा हुनुपर्ने बताउँछिन्। शुरुमा यो कुरा मान्न तयार नभएको राजा पछि यो निर्णयमा राजी हुन्छन्। आफ्नो राजा बन्ने बाटोमा तगारो भनेकोमा अमनले आफ्नै पिता राजाको हत्या गर्छन्। त्यसपछि अमन र प्रेमको लडाई हुन्छ। तर, राजा बन्ने योग प्रेमकै भाग्यमा लेखिएको थियो। बाबुको मृत्युपछि प्रेमले राजयोग रोज्लान् कि प्रेम? फिल्मको कथा यत्ति हो।

कति सम्भव छ राजेश हमालको कमब्याक ?

दर्शकहरू भन्छन्- निक्कै राम्रो फिल्म

फिल्म निकै राम्रोसँग छायांकन गरिएको छ। चलचित्रको केही कथा यस्तो छ जसले गर्दा यसको अर्को भाग पनि बन्ने छ भनेर अनुमान गर्न सकिन्छ। राजकीय परिवारमा हुने षड्यन्त्र, राजा बन्न दुई दाजुभाइले गर्ने सङ्घर्ष फिल्मको मुख्य कथा हो।

धेरै वर्षअघिको ससाना राज्य हुँदा बखत राज्यमाथि आउने सङ्कट, क्रूर शासनको कथा फिल्मले देखाएको छ। फिल्ममा प्रयोग गरिएका राजमहलका दृश्य, महलभित्रको डेकोरेसनमा भने खासै नेपालीपन भेटिँदैन।

फिल्म हेरिसके पछि केही कुरा छुटेको जस्तो लाग्न सक्छ। फिल्ममा गीतलाई दर्गा (सात गाउँमध्ये एक)कै आसाको केन्द्रको रूपमा देखाइएको छ। गीत सात गाउँलेहरूको भरोसा हुन्। तर, उनी भरोसाको पात्र बनिन् भन्ने कुरा देखाइएको छैन।

महत्वका साथ देखाइएको अङ्गद (सन्तोष सेन) पात्र कहाँबाट आए, दरबारसँग उनको सम्बन्ध के हो भन्ने पनि खुल्दैन। अभिनेता प्रदीप र क्रिस्टिना क्रिष्टिनाको अभिनयले चरित्रलाई न्याय दिएको देखिन्छ। अभिनेता सुनिल थापा, शिव श्रेष्ठले पनि छोटो भूमिकामा पनि आफूलाई राम्रो साबित गरेका छन्। फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको न्यारेटिभ स्टाइलले दर्शकलाई बाँधे राखेको छ। कोरियोग्राफी र एक्सनको पाटो पनि औसत रहेको दर्शकहरूले प्रतिक्रिया दिएका छन्। फिल्मको सबैभन्दा बलियो पक्ष नेपालको हिमारी दृश्यको लोकेशन, सङ्गीत, र छायाङ्कन रहेको देख्न सकिन्छ।

कथावस्तु केही कन्फ्युजन बनाउने खालको छ। चलचित्र हेर्ने धेरै दर्शकले आफू फिल्मको कथाले अलिकति कन्फ्युजन भएको महसुस गरेको बताएका छन्। तैपनि नेपाल, भारतलगायत विश्वभरका दर्शकले फिल्म रुचाए। फिल्म हेरेर हलबाट निस्किएका दर्शकहरूले ‘प्रेमगीत ३’ लाई दमदार नै लागेको छ। कतिपय समीक्षकबाट गतिलो प्रतिक्रिया पाउन चुकेको छ।

‘प्रेम गीत ३’ को हिन्दी भर्सनलाई नेपालमा कर नलाग्ने, चर्किएको विवाद साम्य हुने अपेक्षा

समीक्षक भन्छन्- कमजोर

धेरैजसो दर्शकहरूले रुचाउँदा रुचाउँदै पनि केही भारतीय केही समीक्षकले फिल्म औसत रहेको उपमा दिए। नेपाली फिल्मको स्वाद चाख्न भारतीय दर्शक तयार थिए। भारतीय दर्शकलाई नेपाली फिल्म पनि देखाइयो। तर, ‘नेपाली फिल्मको स्वाद चखायो त?’ निर्माण टिम यही प्रश्नको उत्तर दिन भने चुकेको समीक्षकहरूको टिप्पणी छ।

प्रदर्शन अघि भारतीय समीक्षक तथा ट्रेड एनालिस्ट कोमल नाहटाले टिजर हेरेर प्रतिक्रिया दिएका थिए। नेपाली फिल्म पहिलो पटक भारतमा प्रदर्शन हुन लागेको भन्दै उनले सामाजिक सञ्जालबाट पटक–पटक जानकारी दिँदा फिल्म निर्माण टिम दङ्ग थियो। तर फिल्म प्रदर्शनपछि उनकै समीक्षाका कारण तनावमा छ प्रेम गीत निर्माण गर्ने नेपाली र भारतीय टिम। किनकि, उनले यो फिल्मलाई अत्यन्त कमजोर भनिदिए।

उनले फिल्मको समीक्षा गरेको भिडियो आफ्नो युट्युबमा अपलोड गर्दै भनेका छन्, ‘‘फिल्मको कहानीमा केही पनि नयाँपन छैन। यसप्रकारको लभस्टोरी र एक्सन ड्रामा यसअघि कयौँ फिल्ममा हेरिसकेका छौँ। त्यसैले नयाँ भन्ने केही पनि छैन। ड्रामाले मन छुँदैन। जब केटा–केटीको बिछोड हुँदा पनि दर्शकको दिल रुँदैन भने त्यो लभस्टोरीको अर्थ छैन। ‘प्रेमगीत ३’मा पनि यस्तै छ।’’

यद्यपि उनले फिल्मका नेपाली सिनहरू र अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङलगायत कलाकारको तारिफ गरेका छन्। दुवैले कन्फिडेन्टका साथ अभिनय गरेको र दुवै क्युट देखिएको नाहटाको समीक्षामा उल्लेख छ।

फिल्म ‘प्रेमगीत ३’ जे जस्तो होस्, यसले यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि भारतीय बजारमा सम्भावनाका ढोका खोलिदियो। नेपालमा बनेको फिल्मले यस्तो चर्चासहित भारतका हलहरूमा ‘सो’ पाउनु नै निर्माताका लागि उत्साहको विषय हो। नेपाली फिल्मकर्मीका लागि देखाइदिएको एउटा वैकल्पिक बाटो हो। नेपाली फिल्मको भारतीय बजारमा पहिलो प्रभाव त्यहाँका दर्शकका लागि सम्झ नालायक बन्न सक्यो वा सकेन थप समीक्षा हुन बाँकी छ।

प्रदीपले किन मागे भुवन केसीको राजीनामा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved