साझाले थप ३७ बिजुली बस ल्याउँदै

नेपालभ्युज

साझाले थप ३७ बिजुली बस ल्याउँदै

काठमाडौं। साझा यातायातले थप ३७ बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरेको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीनवटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिँदै आएका रुटहरूबाट सेवा दिइरहेको छ ।

चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको साझाले बाँकी ३७ वटा दशैंसम्म ल्याइसक्ने तयारी रहेको बताएको  हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved