प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप दुई सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्यमा समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved