मेडिकल काउन्सिलको चेतावनी: अनधिकृत व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्नू

नेपालभ्युज

मेडिकल काउन्सिलको चेतावनी: अनधिकृत व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्नू

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न चेतावनी दिएको छ।

विभिन्न स्वास्थ्य संस्थामा अनाधिकृत व्यक्तिहरूले अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको व्यापक गुनासो आइरहेको भन्दै काउन्सिलले त्यस्तो नगर्न शुक्रबार विज्ञप्ति जारी गरी चेतावनी दिएको हो।

काउन्सिलले कानूनले तोकेको बाहेकका व्यक्तिले अल्ट्रासाउण्ड प्रवाह गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने पनि जनाएको छ।

कानुनअनुसार चिकित्साशास्त्रको कुनैपनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलबाट प्रमाणपत्र लिएको चिकित्सकले मात्र अल्ट्रासाउण्ड सेवा दिन पाउने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved