मोटरसाइकलबाट खसेका व्यक्तिलाई ट्रकले किच्दा मृत्यु

नेपालभ्युज

मोटरसाइकलबाट खसेका व्यक्तिलाई ट्रकले किच्दा मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर  मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहीबार साँझ ६:५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए ।

सडकमा खसेका साहलाई  नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले कुल्चिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved