सरकारले भन्यो: सिटामोलको अभाव छैन, सहजीकरण भईरहेको छ

देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको हो ।

नेपालभ्युज

सरकारले भन्यो: सिटामोलको अभाव छैन, सहजीकरण भईरहेको छ

काठमाडौं। सरकारले सिटामोलको अभाव नरहेको दाबी गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको जनाएको छ ।

देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा स्वास्थ्य मन्त्रालयले अभाव नभएको दाबी गरेको हो ।

मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको जनाएको छ ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved