लोसपा नेतालाई भित्र्याएर टिकट दिने भएपछि एमाले नेता जसपामा प्रवेश

नेपालभ्युज

लोसपा नेतालाई भित्र्याएर टिकट दिने भएपछि एमाले नेता जसपामा प्रवेश

जनकपुरधाम । नेकपा एमालेको राजनीतिक सल्लाहकार समितिका सदस्य  गंगाराम यादव जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् ।

नेपाली बाबा भनेर चिनिने यादव बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहामा जसपा अध्यक्ष उपेन्द्र यादवसँग टिका लगाएर पार्टी प्रवेश गरे । धनुषाको क्षेत्र नम्बर २ का निर्वाचित सांसद तथा लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश गरे लगतै यादवले पार्टी त्यागेको घोषणा गरेका थिए ।

एमालेले यस क्षेत्रबाट अरगरियालाई टिकट दिने शर्तमा पार्टीमा भित्र्याएपछि उनी असन्तुष्ट बनेका हुन् । एमालेमा यो क्षेत्रबाट यादवको नाम एकल सिफारिस भएको थियो । तर, सोही क्षेत्रमा अरगरिया एमाले प्रवेश गरेसँगै टिकट पाउने सम्भावना नदेखेपछि यदव जसपातिर लागेका हुन् ।

त्यस क्षेत्रका प्रभावशाली नेता मानिने उनी ३० वर्षदेखि एमालेमा थिए । जसपा प्रवेश गरे पछि यादवले पटकपटक आफूविरुद्ध षड्यन्त्र भएको बताए । यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसले टिकट पाउने सम्भावना बढी छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved