हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

नेपालभ्युज

हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

सुर्खेत । हिन्दूहरूको महान चाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थ्यकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैंको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरी बताउँछन् ।

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved