पेट्रोलियम खपत ह्वात्तै बढ्यो

नेपालभ्युज

पेट्रोलियम खपत ह्वात्तै बढ्यो

काठमाडौं। दशैंको चहलपल बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत् रहेको निगमका  बताए ।

खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केही दिनयता बढिरहेको उपाध्यायले बताए । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ ।

डिजेल पनि प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम् ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ ।

यसेगरी, खाना पकाउने ग्याँस पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved