दुई महिनामा ५११ केजी सुन भित्रियो

नेपालभ्युज

दुई महिनामा ५११ केजी सुन  भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ।

भन्सार विभागका अनुसार उक्त सुन खरिदका लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ। गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो। सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ ।

बितेका दुई महिनामा नेपालमा स्विट्जरल्यान्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट सुन आएको छ । विभागका अनुसार साउन र भदौ महिनामा स्विट्जरल्यान्ड बाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ। यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ।

पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन यूएईबाट आएको छ । सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८ र ७९ को पहिलो दुई महिनामा नेपालमा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँको १ हजार २१५ केजी सुन भित्रिएको थियो । गत वर्षको सेही अवधिको तुलनामा यस आर्थिक वर्षको पहलिो दुई महिनामा ४ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँ कमको सुन नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा युएईबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved