आइएमई ट्राभल्सको विदेश घुम्ने दशैँ अफर, ८० हजारमा ५ दिन घुम्न सकिने

दशैँमा विदेश घुम्न जाने हो? कुन देश जान कति खर्च लाग्छ ?

हवाई भाडा समय अनुसार परिवर्तन भइरहने भएकाले कति रकम लाग्छ भन्ने ठ्याक्कै उल्लेख गर्न नगरिएपनि ८० हजारदेखि माथिमा यी देशहरू भ्रमण गर्न सकिने छ। यी ठाउँहरू चार रात र पाँच दिनमा घुम्न सकिने आइएमई ट्राभल्सले जनाएको छ। यसबाहेक केही बढी खर्च गर्ने सक्ने क्षमता भएकाहरूका लागि युरोपका केही देश पनि छन्।

नेपालभ्युज

आइएमई ट्राभल्सको विदेश घुम्ने दशैँ अफर, ८० हजारमा ५ दिन घुम्न सकिने
संयुक्त अरब इमिरेट्स (युएई)को सात इमिरेट्सहरू मध्ये एक शहर दुबई। जुन नेपालले धेरै घुम्ने गन्तव्य मध्य एक हो।

काठमाडौं। दशैं लागिसकेको छ। त्यसपछि तिहार र लगत्तै छठ। पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदै छ। घरमै सबै जना बसेर रमाइलो गर्ने त छँदै छ, सपरिवार अथवा साथीभाइ मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ।

पछिल्लो वर्षहरूमा विदेश घुम्न चाहने नेपालीको लागि सहज र सस्तो प्याकेजले गर्दा आकर्षण झनै बढेको छ। पहिले पहिले पैसा धेरै लाग्ने मात्र होइन प्रक्रिया पनि निकै झन्झटिलो हुने गरेको थियो। जसकारण नेपालीहरूको लागि सपना जस्तै थियो। पछिल्लो समय ट्राभल्स कम्पनीहरूले सहयोगी भूमिका निर्वाह गर्दै आएपछि सहज भएको छ।

विशेष गरी दशैँका बेला बिदा बढी हुने र अतिरिक्त आम्दानी पनि हुने भएकाले घुमघामका लागि उपयुक्त समय मानिन्छ। वर्षा सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि उपयुक्त मानिन्छ दशैंको आसपासको समय।

थाइल्यान्डको फुकेट। जुन नेपालीहरूले सस्तो प्योकजमा घुम्ने उत्कृष्ट गन्तव्य मध्ये एक हो।

दशैं बिदामा घुम्न निस्कनेहरूको जमात ठूलो छ। स्वदेश होस् वा विदेश होस् नेपालीहरू पछिल्लो समयमा दशैं/तिहारको बिदा घुमेर बिताउन थालेका छन्।

नेपालीहरूको घुम्ने प्रवृत्ति बढेसँगै विभिन्न ट्राभल कम्पनीहरूले पनि उनीहरूलाई बजेट सुहाउँदो विभिन्न प्याकेजहरू सार्वजनिक गरिरहेका छन्।

अझै दशैंको समयमा त यस्ता प्याकेजहरू अफरसहित आउन थालेका छन्। यस्तैमा नेपालमा चर्चित रहेको आइएमई ट्राभल्सले पनि दशैँ लक्षित गर्दै सुपथ मूल्यमा केही प्याकेज ल्याएको छ।

थाइल्यान्डको पटाया। जुन नेपालीहरूले सस्तो प्योकजमा घुम्ने उत्कृष्ट गन्तव्य मध्ये एक हो।

नेपालीहरूका लागि विषेशगरी भारत, चीन, थाइल्यान्ड, दुबई, मालदिभ्स, सिंगापुर, इन्डोनेसियाको बाली प्रमुख पर्यटकीय गन्तव्य हुन्। यी देशमा जानका लागि हवाई यात्रा पनि निकै सस्तो छ।


हवाई भाडा समय अनुसार परिवर्तन भइरहने भएकाले कति रकम लाग्छ भन्ने ठ्याक्कै उल्लेख गर्न नगरिएपनि ८० हजारदेखि माथिमा यी देशहरू भ्रमण गर्न सकिने छ। यी ठाउँहरू चार रात र पाँच दिनमा घुम्न सकिने आइएमई ट्राभल्सले जनाएको छ।

यसबाहेक केही बढी खर्च गर्ने सक्ने क्षमता भएकाहरूका लागि युरोपका केही देश पनि छन्। पछिल्लो वर्षहरूमा विदेश घुम्न चाहने नेपालीको लागि सहज र सस्तो प्याकेजले गर्दा आरक्षण झनै बढेको आइएमई ट्राभल्सले जनाएको छ।

थाइल्यान्डको पटायामा प्यारासाइडिङ गर्दै नेपालबाट गएका पर्यटक।

विदेश लैजानेभन्दा पर्यटक स्वदेश भित्राउने प्राथमिकता

पछिल्ला साढे २ वर्ष कोभिड महामारीका कारण पर्यटन व्यवसाय ठप्प जस्तै भए। नेपाल घुम्न आएमा ७ दिन क्वारेनटाइन बस्नुपर्ने नियम बनाइएको थियो। तर, अहिले सहज अवस्था आएपछि धेरै विदेशीलाई स्वदेश भित्राउन सकिएकाे ट्राभल्स कम्पनीहरूले जनाएका छन्।

सुन्दर पर्यटकीय नगरी पोखरा

विदेशी पर्यटक भित्राउन सरकारको निर्णयमा भर पर्ने भएकाले पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर अहिले विभिन्न प्याकेजहरू ल्याइरहेका छन्।

दशैँ बिदा र दशैंपछिका दिनलाई लक्षित गर्दै विदेशी पर्यटकलाई नेपाल घुमाउने प्याकेजको विदेशमा प्रचार गरिरहेको आइएमइ ट्राभल्सले जनाएको छ।

बिशेषगरी भारत, बङ्गलादेशदेखि युरोपियन देशहरूमासमेत प्रचार भइरहेको जनाइएको छ। विदेशी पर्यटक स्वदेश ल्याउन भिजा सरकारले फ्रीलगायतका व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायीहरूले जोड दिएका छन्।

पोखराबाट देखिएको हिमाल

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved