रड प्रहार गरी काकाले गरे ४ वर्षीय भतिजको हत्या

रड प्रहार गरी काकाले गरे ४ वर्षीय भतिजको हत्या

जनकपुरधाम । धनुषामा फलामको रड प्रहार गरी काकाले आफ्नै ४ वर्षीय नाबालक भतिजको हत्या गरेका छन्। क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानको  ४ वर्षीय  छोरा अनुस पासवानलाई उनका २८ वर्षीय काका रवी पासवानले हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डिएसपी क्षेत्रीको अनुसार बुधबार दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रवि पासवानले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको हो । रडको प्रहारबाट बालक गम्भीर घाइते भएका थिए ।

स्थानीय स्तर मै उपचारको क्रममा आधा घण्टा भित्रै बालकको मृत्यु भएको उनले  बताए । घटना लगत्तै काका रवीलाई प्रहरीले पक्राउ गरेको छ । रवीलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखेर घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ  ।

हत्याको कारण भने खुल्न सकेको छैन । पारिवारिक विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved