मनास्लु हिमपहिरोमा हराएकी अमेरिकी पर्वतारोहीको शव भेटियो

मनाङका डीएसपी सागर केसीले नेल्सनको शव गोरखा र मनाङको सीमामा शव फेला परेको जानकारी दिए । अहिले शव बेसक्याम्पमा झारिएको र गोरखासँग समन्वय गरेर काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

नेपालभ्युज

मनास्लु हिमपहिरोमा हराएकी अमेरिकी पर्वतारोहीको शव भेटियो

काठमाडौं । हिमपहिरोमा हराएकी अमेरिकी पर्वतारोही ४९ वर्षीया हिलारी नेल्सनको शव फेला परेको छ। मनास्लु हिमाल पर्वतारोहणका लागि गएकी उनी सोमबार तल्लो क्षेत्रमा हिमपहिरोमा परी हराएकी थिइन् ।

मनाङ प्रहरीका अनुसार गोरखा र मनाङको सीमामा हिलारीको शव भेटिएको हो ।

मनाङका डीएसपी सागर केसीले नेल्सनको शव गोरखा र मनाङको सीमामा फेला परेको जानकारी दिए । अहिले शव बेसक्याम्पमा झारिएको र गोरखासँग समन्वय गरेर काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए ।

अनुभवी स्कि माउन्टेनर नेल्सनले सन् २०१२ मा सगरमाथाको आरोहण गरेकी थिइन् । त्यसपछि लगत्तै २४ घन्टामा उनले ल्होत्से हिमाल आरोहण गरेकी थिइन् ।

धेरैजसो उनी आफ्ना पति जिम मौरिसनसँगै हिमाल आरोहणका लागि जाने गरेकी थिइन् । सोमबार मनास्लु आरोहणमा जाँदा पनि मौरिसन उनीसँगै थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved