अमेरिकाको ‘द भ्वाईस’मा नेपाली मुलकी परिजिता बास्तोलाको दमदार प्रस्तुति (भिडिओसहित)

नेपाली मुलकी १७ वर्षिया परिजिता बास्तोलाले संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा मानिने अमेरिकाको ‘द भ्वाईस’मा दमदार प्रस्तुति दिएकी छन्। ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलमा दमदार प्रस्तुति दिएकी हुन्। बास्तोलाले गीत गाउँदा चारै जना कोचले मेच घुमाएका छन्।

नेपालभ्युज

अमेरिकाको ‘द भ्वाईस’मा नेपाली मुलकी परिजिता बास्तोलाको दमदार प्रस्तुति (भिडिओसहित)

काठमाडौँ। नेपाली मुलकी १७ वर्षिया परिजिता बास्तोलाले संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा मानिने अमेरिकाको ‘द भ्वाईस’मा दमदार प्रस्तुति दिएकी छन्। ल्याब्रिन्थ नामले परिचित अंग्रेजी गायक तिमोथी ली म्याकेन्जीको ‘जेलस’ बोलमा दमदार प्रस्तुति दिएकी हुन्। बास्तोलाले गीत गाउँदा चारै जना कोचले मेच घुमाएका छन्।

द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ। ‘द भ्वाईस’ले शोसल मिडियामा जारी गरेको भिडिओमा बास्तोलाले चारै जना कोचको ‘स्टाण्डिंग ओभेसन’ पाउन सफल भएकी छन्।

उनको प्रस्तुतिपछि कोचहरू क्यामिला काबेलो, ब्लेक शेल्टन, ग्वेन स्टेफानी र जोन लिजेन्डले आफ्नो टीममा आउन आग्रह गरे यद्यपि उनले परिवारको सल्लाह लिएकी छन्।

परिवारले कोच जोन लिजेन्डको टीममा जान सुझाव दिएको भिडियो अन्त्यमा देखिएको छ। परिवारको सुझावअनुसार नै उनले टिम लिजेन्डलाई रोजेकी छन्। उनी सहभागी भएको शृङ्खला १९ सेप्टेम्बर २०२२ मा प्रशारण भएको थियो।

आमा बिरा तिवारी, बुबा पंकज बास्तोला र दिदी प्रियांकासहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी उनले ४ वर्षको उमेरदेखि गीत गाउन शुरु गरेकी थिइन्। दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमेरिका पुगेका थिए। परिजिताको जन्म अमेरिकामा नै भएको हो।

उनले निर्णायकलाई आफूलाई नेपाली सङ्गीतमा रुचि भएको बताएकी छन्। उनले चारै जना निर्णायकलाई रुद्राक्षको माला लगाइदिँदै नेपालबाट ल्याइएको बताएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved