शीर्ष नेतासमक्ष सिट बाँडफाँट प्रस्ताव पेश, अन्तिम टुंगो लगाउने प्रयास जारी

नेपालभ्युज

शीर्ष नेतासमक्ष सिट बाँडफाँट प्रस्ताव पेश, अन्तिम टुंगो लगाउने प्रयास जारी
फाइल तश्वीर

काठमाडौं। बुधबार प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव पेश भएको छ ।  सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतासमक्ष प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव पेश गरेको हो । कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइनेछ ।

कार्यदलका एक जना सदस्य एवम् जसपाका प्रवक्ता मनीष सुमनले केन्द्र र प्रदेश दुवैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जानकारी दिए । ‘अब शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने छ,’ उनले भने ।

सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved