चिनियाँ राष्ट्रपति सार्वजनिक कार्यक्रममा उपस्थित, ‘नजरबन्दको हल्ला झुट सावित’

केहि दिनअघि चिनफिङमाथि कु भएको झुटा हल्लाले विश्वभर तरंग ल्याएको थियो । यस्तो अफवाहको बेलामा चिनफिङको सार्वजनिक उपस्थितिलाई निकै महत्वका साथ हेरिएको छ ।

नेपाल भ्युज

चिनियाँ राष्ट्रपति सार्वजनिक कार्यक्रममा उपस्थित, ‘नजरबन्दको हल्ला झुट सावित’
फाइल तश्वीर

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले सांघाइ शिखर सम्मेलनबाट फर्केपछि मंगलबार पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन्। उनी कम्युनिष्ट पार्टीको प्रदर्शनी हेर्न पुगेका थिए । पार्टी र देशले विगत एक दशकमा हासिल गरेका उपलब्धिको बारेमा यो प्रदर्शनी भएको थियो ।

प्रदर्शनीमा राष्ट्रपति चिनफिङले समाजवादको नयाँ विजयतर्फ अघि बढ्न ठोस प्रयास आवश्यक रहेको बताएको भारतीय समाचार एजेन्सी पीटीआईले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

केहि दिनअघि चिनफिङमाथि कु भएको झुटा हल्लाले विश्वभर तरंग ल्याएको थियो । यस्तो अफवाहको बेलामा चिनफिङको सार्वजनिक उपस्थितिलाई निकै महत्वका साथ हेरिएको छ ।

सेप्टेम्बर १६ मा उज्वेकिस्तानमा भएको सांघाई सहयोग संगठनको बैठकबाट फर्किएपछि सी चिनफिङलाई भेटिएको छैन भनेर मानिसहरूले लेखेका थिए। चीनको जनमुक्ति सेनाले सी जिनपिङलाई घरमै नजरबन्दमा राखेको हल्ला पनि झुट सावित भएका खबरमा उल्लेख छ । मंगलबार सार्वजनिक भएको भिडियोमा सी चिनफिङ सँगै धेरै अधिकारीहरु प्रदर्शनीमा पुगेका छन् ।

चिनफिङ सार्वजनिक रूपमा  उपस्थित नहुनुको कारण चीनको शून्य-कोविड नीति भएको विज्ञहरुले बताएका छन् । विदेशी यात्राबाट फर्केपछि अनिवार्य सात दिन क्वारेन्टाइन र तीन दिन घरमा बस्नुपर्ने नियम चिनफिङले पनि पालना गरेको खबरमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved