नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन अन्तिम चारमा

नेपालभ्युज

नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन अन्तिम चारमा

काठमाडौं।  पोर्चुगललाई हराएर स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोली पोर्चुगललाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा अल्भारो मोराटाले ८८औं मिनेटमा गोल गरे । समूह चरणमा शीर्ष स्थानमा रहेपनि अन्तिम खेलमा स्पेनसँग हारेको पोर्चुगल फाइनल फोरमा जान असफल भयो । खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पटक पटक पास मिलाउने र प्रहार गरेपनि गोल हुन सकेन ।

जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान बनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved