कृषि औजार कारखाना पुन: सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

नेपालभ्युज

1229089717947744

काठमाडौं । सरकारले कृषि औजार कारखाना पुन: सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग १० वर्षक लागि सम्झौता गरेको छ । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरे । ३१ भदौको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आविष्कार केन्द्रसँग अर्थ मन्त्रालयले सञ्चालनको सम्झौता गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीन महिनाको अग्रिम सूचना दिएर  दुई पक्षले जुनसुकै बेला सम्झौता रद्द गर्न सक्ने गरी सम्झौता भएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन गर्नु पर्ने शर्त रहेको छ ।

यस्तै केन्द्रले नेपाल सरकारको उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने नीतिलाई कृषि औजार उत्पादन, वितरणमा टेवा पुर्‍याउने उद्देश्यप्रति प्रतिबद्ध भई कामकाज गर्नु पर्ने समेत शर्तमा राखिएको छ ।

सम्झौतापछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आफूले कहिल्यै नसोचेको जिम्मेवारी पाउँदा चिठ्ठा परेको जस्तो महसुस भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved