कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा डा महत

नेपालभ्युज

कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा डा महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा मनोनित भएका छन् ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले डा महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजकमा मनोनित गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौड्यालका अनुसार सभापति देउवाले पार्टी विधान बमोजिम उनलाई संयोजकमा मनोनयन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved