रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार संक्रमित

नेपालभ्युज

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार संक्रमित
फाइल तस्वीर

मस्को । विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ । कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । रुसको आधिकारिक निकायले मंगलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ । योसँगै अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार ९४३ जनाको मृत्यु भएको छ । ती मध्ये १०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेपनि देशका विभिन्न ठाउँमा अहिले पनि सङ्क्रमण फैलिइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved