बंगलादेश-नेपाल फुटबल

अन्जनको ह्याट्रिकसँगै पहिलो हाफमा नेपालको बलियो अग्रता

मैत्रीपूर्ण खेलअन्तर्गत बङ्गलादेश र नेपालबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ ।

नेपालभ्युज

अन्जनको ह्याट्रिकसँगै पहिलो हाफमा नेपालको बलियो अग्रता

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलम अहिले नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ।

नेपालका लागि अञ्जन विष्टले पहिलो हाफमै ह्याट्रिक गरे । उनले १८, २६ र ३८ औँ मिनेटमा गोल गरे।

यसअघि मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण अन्जन नेपाली टिममा समेत परेका थिएनन्। कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईले अल्मुताइरीले निकालेका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए।

अञ्जन विष्ट, विमल घर्तिमगर, सुजल श्रेष्ठ, विशाल राईलगायत असन्तुष्ट प्राय सबै खेलाडीले अहिले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा नेपालले बङ्गलादेशसँग चार खेलयता हारेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved