हिरोको चाडपर्व लक्षित योजना: ‘आहा दशैँ चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’

मोटरसाइकल बिक्री गर्दै आएको अग्रणी कम्पनी नेपाल जेनरल मार्केटिङ प्रालिले हिरो मोटर साइकलले दशैँको उपलक्ष्यमा ‘आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग’ भन्ने नयाँ योजना ल्याएको छ।

नेपालभ्युज

हिरोको चाडपर्व लक्षित योजना: ‘आहा दशैँ चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’

काठमाडौं। हिन्दु नेपालीहरूको चाडपर्वको मौसम शुरू भइसकेको छ। यो मौसम चाडपर्वको मात्रै होइन किनमेलको पनि हो। मानिसहरू महिनौँ अगाडिदेखि नै दशैँ तिहारमा के किन्ने, के खाने, कहाँ जानेलगायतका योजना बनाउने गर्दछन्।

व्यापारको मुख्य सिजन भएका कारण चाडपर्वलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले आकर्षक योजनाहरू ल्याउने गर्दछन्। यस वर्ष पनि विभिन्न कम्पनीहरूले आकर्षक अफर तथा स्किम सार्वजनिक गरेका छन्।

जसमध्ये मोटरसाइकल बिक्री गर्दै आएको अग्रणी कम्पनी नेपाल जेनरल मार्केटिङ प्रालिले हिरो मोटर साइकलले दशैँको उपलक्ष्यमा ‘आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग’ भन्ने नयाँ योजना ल्याएको छ।

उक्त योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय रुपैयाँ डिस्काउन्ट पाउन सक्नेछन्। साथै, स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने तथा सबै हिरो मोटरसाइकल र स्कुटरमा जिरो प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा छ।

साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा ० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved