सेयर बजारमा १५ अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

नेपालभ्युज

सेयर बजारमा १५ अंकको वृद्धि, कारोबार रकम भने खुम्चियो

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएको छ । नेप्सेमा १५ अंकको वृद्धि भए पनि कारोबार भने खुम्चिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको बजारमा जम्मा ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको हो ।

यस दिन कुल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउन पुगेको छन् ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved