“बचत गरौँ” अभियानलाई निरन्तरता दिदैँ, ग्लोबल आइएमई बैंक लिमिटेडको “दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना”

नेपालभ्युज

“बचत गरौँ” अभियानलाई निरन्तरता दिदैँ, ग्लोबल आइएमई बैंक लिमिटेडको “दुई वर्षमै मुद्दती बचत दोब्बर हुने योजना”

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत ग्राहकको निरन्तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्दै प्रारम्भिक रकमको १० प्रतिशत त्रैमासिकरूपमा (अन्तिम त्रैमासबाहेक) जम्मा गर्दा प्रारम्भिक रकमको दुई गुणा दुई वर्षमै प्राप्त गर्न सकिनेछ ।

यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात रु. १०,००० रहेको छ ।

कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर

उदाहरणको लागि कुनै ग्राहकले १ लाख रुपैयाँ रकम राखी “ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना” अन्तर्गत खाता खोल्दो हरेक तीन महिनामा रु. १०,००० को दरले ७ पटकसम्म रकम थप्दै जानुपर्नेछ । यसरी रकम थप्दा २ वर्षको अवधिमा उक्त रकम दुई गुणा हुनेछ । अन्तिम त्रैमासमा भने रकम थप्न पाइने छैन । मुद्दती निक्षेपको अवधि समाप्तिमा ग्राहकले २ गुणा रकम प्राप्त गर्नेछन् ।

यस योजनाले साना व्यवसाय गर्ने, नोकरी एवं निश्चित आय भएकालाई निरन्तर बचत गर्ने बानी विकास हुने बैंकको विश्वास  छ ।

बैंकले २९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved