‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिरमा

नेपालभ्युज

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण मंसिरमा

काठमाडौं। मण्डला थिएटरले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच थियटरले महोत्सवको विभिन्न पक्षको समेत जानकारी गराएको हो ।

आगामी मंसिर ९ देखि १७ गतेसम्म आयोजना हुने महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछ । महोत्सवमा नेपालका तर्फबाट ५ नाटक सहभागी हुँदैछ । १० हजार बढी दर्शकको सहभागिता अपेक्षा गरिएको महोत्सवमा २०० कलाकारको अभिनय रहनेछ ।

महोत्सवमा नेपालसहित इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, अमेरिका, बेलायतलगायत १४ देशका नाटक मञ्चन हुनेछ । महोत्सवको नारा ‘सामाजिक रूपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ राखिएको छ । विदेशबाट सहभागी नाट्यकर्मीले कार्यशाला गर्ने महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी र अन्तर्क्रिया समेत आयोजना हुनेछ ।

कार्यक्रममा एक लाख रुपैयाँ राशि रहेको इनोभेटिभ आइडिया अवार्डसमेत घोषण गरियो । कार्यक्रममा अभिनेता दयाहाङ राई, अनुप बराललगायतको सहभागिता रहेको थियो । महोत्सव भव्य र नेपालका लागि उपलब्धिमूलक हुने महोत्सवका संयोजक विजया कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved