४३औं विश्व पर्यटन दिवस : पहिलो उडानबाट नेपाल भित्रिएका पर्यटकलाई विमानस्थलमा स्वागत

नेपालभ्युज

 ४३औं विश्व पर्यटन दिवस : पहिलो उडानबाट नेपाल भित्रिएका पर्यटकलाई विमानस्थलमा स्वागत

काठमाडौं। ४३औं विश्व पर्यटन दिवसको अवसर पारी मंगलबार पहिलो उडानबाट काठमाडौं आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मंगलबार बोर्ड र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले विमानस्थलमा पर्यटकलाई स्वागत गरेको हो ।

काठमाडौंमा हिमालय एयरलाइन्सबाट अवतरण गरेका पर्यटकलाई स्वागत गरिएको हो । नेपालसहित विश्वभर मंगलबार विश्व पर्यटन दिवस मनाइँदैछ । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघ–संस्था तथा निकायले विभिन्न कार्यक्रम–गतिविधि गरिरहेका छन् । यस वर्ष ‘रिथिन्किङ टुरिजम’ नाराका साथ पर्यटन दिवस मनाइँदैछ ।

उता, पर्यटन दिवसको अवसर पारी भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकलाई समेत भक्तपुरमा स्वागत गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई स्वागत गरिएको हो । उनीहरूलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छा प्रदान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved