प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु : घिमिरे

नेपालभ्युज

प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छु : घिमिरे

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने बताएका छन् ।

पार्टीभित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नभए  प्रचण्डविरुद्ध विद्रोह गरी उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्डविरुद्ध उम्मेदवार हुने कुरा भएन,’ शेखर कोइराला पक्षका घिमिरेले भने ।

नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ ।

सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको बलमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षलाई बेवास्ता गरेको बुझाइ समेत शेखर समूहमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved