टुबोर्ग ओपनले ल्यायो भेकको साथमा नयाँ रिलिज “खोलौं रमेर”

नेपालभ्युज

टुबोर्ग ओपनले ल्यायो भेकको साथमा नयाँ रिलिज “खोलौं रमेर”

काठमाडौं। टुबोर्ग ओपन २०२२ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको सहकार्यबाट संगीत उद्योगमा योगदान पुर्याउँदै आएको छ । यो वर्षको टुबोर्ग ओपेन थिम “टेक द स्टेज” अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरूले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाएका छन् । उक्त मेन्टरशिप सत्रमा, जेसनले कलाकारहरूलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरू र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए । लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै सिकेका कुराहरू आत्मसात गर्दै भेक्ले टुबोर्ग ओपेन २०२२ को लागी आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन् ।

टुबोर्ग ओपेनले आफ्नो ५ औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेक्को नयाँ गीत “खोलौं रमेर” को साथमा गरेको छ । उक्त गीतलाई दर्शकहरूले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकहरूबाट धेरै माया पाईरहेको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, “निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ । टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागी सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ । टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो जहाँ हामीले नेपालका उदीयमान कलाकारहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं । हामी यस वर्षका लागी जेसन डेरुलो र भेकसँग सहकार्यको लागी निकै उत्साहित छौं र दर्शकहरूले दिनु भएको सकारात्मक प्रतिक्रियाहरूबाट निकै खुसी छौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved