मलेसियामा श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदुत पौडेलको प्रतिवद्धता

स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्या तत्काल समाधान गर्न श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए । 

नेपालभ्युज

मलेसियामा श्रमिक सहायता केन्द्र स्थापना गर्ने राजदुत पौडेलको प्रतिवद्धता

क्वालालाम्पुर । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।

गैरआवाशीय नेपाली संघ र मलेसियामा रहेका विभिन्न नेपाली संघ-संस्थाले गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्या तत्काल समाधान गर्न श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए ।

यस्तो सहायता केन्द्र २४ घण्टा नै सञ्चालनमा आउने उनले जनाए ।  विषम परिस्थितिमा जोखिममा परेका नागरिकको उद्दार  तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गर्ने पनि राजदूत पौडेलले प्रतिवद्धता व्यक्त  गरे ।

राजदुत पौडेलले दुतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थालाई परिचालन गर्ने योजना रहेको सुनाए ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

मलेसियामा रहेका नेपालीलाई औपचारिक माध्यमबाट रेमिटेन्स पठाउन आग्रह गर्दै उनले हुन्डी लगायत अवैध माध्यमको प्रयोग नियन्त्रण गर्ने समेत बताए ।

क्वालालम्पुरस्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायतले बोलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved