नेपाल र बङ्गलादेशको मैत्रिपूर्ण फुटबल आज

नेपालभ्युज

नेपाल र बङ्गलादेशको मैत्रिपूर्ण फुटबल आज
फाइल तश्वीर

काठमाडौं। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा मंगलबार नेपालले बंगलादेशसँग खेल्दै छ। खेल दशरथ रंगशालामा बेलुका साढे पाँच बजे सुरु हुनेछ ।  नेपालको कप्तानी किरण चेम्जोङ्ले गर्दैछन् ।

यसअघि मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण किरण नेपाली टिममा समेत परेका थिएनन् । कार्यबहाक प्रशिक्षक प्रदीप हुमागाईले अल्मुताइरीले निकालेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। अन्जन विष्ट, विमल घर्तिमगर,सुजल श्रेष्ठ, विशाल राईलगायत असन्तुष्ट प्राय सबै खेलाडीले अहिले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले बंगलादेशसँग चार खेलयता हारेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved