मतदाता नामावलीमा तपाइँको नाम छ ? यसरी जाँच गर्नुहोस्

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने छन् ।

नेपालभ्युज

मतदाता नामावलीमा तपाइँको नाम छ ?  यसरी जाँच गर्नुहोस्

काठमाडौं। मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब जम्मा ५४ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनको तयारी धमाधम गरिरहेको छ । मतदाताको संख्या टुंगो लागिसकेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने छन् ।

निर्वाचन आयोगले स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका छन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।

आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ । मतदाता नामावलीमा भएको आफ्नो नाम जाँच गर्न सकिन्छ । यसको लागि निर्वाचन आयोगको वेवसाइटमा गएर आफ्नो प्रदेश,जिल्ला,स्थानीय तह,वडा र मतदान केन्द्रको नाम क्लिक गरेपछि आफ्नो नाम देख्न सकिन्छ ।

आफ्नो नाम जाँच गर्न यहाँ क्लिक गर्नुहोस् । 

https://election.gov.np/np/page/voter-list-db

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved