रुसको विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, आक्रमणकारीले आत्महत्या गरे

ज्यान गुमाउनेमध्ये ११ जना बालबालिका र दुई जना सुरक्षा गार्डसमेत रहेका समाचार संस्था एएफपीले जनाएको छ । अन्धाधुन्ध गोली चलाउँदा २० जना घाइते भएका छन् ।

नेपालभ्युज

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, आक्रमणकारीले आत्महत्या गरे

रुस।  रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये ११ जना बालबालिका र दुई जना सुरक्षा गार्डसमेत रहेका समाचार संस्था एएफपीले जनाएको छ । अन्धाधुन्ध गोली चलाउँदा २० जना घाइते भएका छन् ।

गोली चलाउने व्यक्तिले आफैलाई पनि गोली हानेका खबरमा उल्लेख छ । गोली हान्ने व्यक्ती विद्यालकै पूर्व विद्यार्थी हुन् । विद्यालयमा एक हजार जना विद्यार्थी अध्ययनरत छन् । रसियाली सञ्चारमाध्यमले पोस्ट गरेका भिडिओमा गोलीबारी भएको भवनभित्र आतङ्क देखिएको छ ।

घटनाको अनुसन्धान थालिएको रुसी प्रहरीले जनाएको छ । अनुसन्धानकर्ताले बन्दुकधारी मानसिक कमजोरीबाट पीडित भएको तर उसले प्रयोग गरेको अर्ध-स्वचालित बन्दुकको लागि इजाजतपत्र प्राप्त गर्न उपयुक्त मानिएको जनाएका छन् । आक्रमण पछि राष्ट्रपति भ्लादिमिर पुटिनले बन्दुक नियन्त्रण कानूनको समीक्षा गर्न आह्वान गरेका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved