नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल

नेपालभ्युज

नैतिक शक्ति भएको नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल
फाइल तस्वीर

काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा सोमबार आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताए ।

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे । तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए ।

‘जिल्लामा बहुवर्षीय योजनाहरू सुरु भइसकेको छ । विकास हुनु भनेको बाटो, कालोपत्र मात्रै नभई जिल्लाको सर्वाङ्गिण विकासका लागि खेलकुद, संस्कृति, वातावरण, खानेपानीको विकास हो । जिल्लाले विकासको काँचुली फेर्ने अवस्थापमा रहेको छ’, वरिष्ठ नेता पौडेलले भने, ‘स्वच्छ वातावरणको विकासको अभियानमा हामी लागि रहेका छौँ ।’

सबै ग्रामीण क्षेत्रमा सडक पुर्‍याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उनले बताए । खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उनले बताए । विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उनले बताए । खेलको विकासका लागि देशले सदैव सहयोग गर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved