होटल, रेस्टुरेन्ट र रिसोर्टले मेनुमा भन्दा बढी रकम लिन नपाइने अदालतको फैसला

होटल तथा रेस्टुरेन्टले भ्याट र सेवा शुल्कका नाममा अतिरिक्त रकम लिन नपाउने भएका छन् । अदालतले मेनुमा उल्लेख भएको मूल्यबाहेक बिलमा भ्याट र सेवा शुल्क शीर्षकमा अतिरिक्त रकम जोड्न नपाइने फैसला गरेको छ ।

नेपालभ्युज

होटल, रेस्टुरेन्ट र रिसोर्टले मेनुमा भन्दा बढी रकम लिन नपाइने अदालतको फैसला

काठमाडौं । होटल तथा रेस्टुरेन्टले भ्याट र सेवा शुल्कका नाममा अतिरिक्त रकम लिन नपाउने भएका छन् । काठमाडौं जिल्ला अदालतले नै यस्तो आदेश दिएको हो ।

अदालतले मेनुमा उल्लेख भएको मूल्यबाहेक बिलमा भ्याट र सेवा शुल्क शीर्षकमा अतिरिक्त रकम जोड्न नपाइने फैसला गरेको छ । बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको भन्दै  मुद्दा परेको थियो ।

उक्त रिसोर्टले १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा सुल्क लिएको भन्दै पत्रकार मदन ढुंगानाले मुद्दा हालेका थिए ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मेनुको मूल्य तय गर्दा नै भ्याट र सेवा शुल्क जोड्नु पर्नेमा त्यसो नगरी बिलमा अतिरिक्त रकम लिनु अनुचित हुने ठहर गरेको छ । अदालतले मेनु मूल्य बाहेकको अतिरिक्त रकम फिर्ता गर्न, पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ ।

अधिकांश होटल, रेष्टुरेन्ट र रिसोर्टले मेनुमा एउटा रकम उल्लेख गर्ने र बिलमा २३ प्रतिशत बढाएर लिने गरेका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved