मनास्लु हिमालमा हिमपहिरो, हेलिकोप्टरबाट आरोहीको उद्धार गरिँदै

तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार गएको हिमपहिरोमा परी केही पर्वतारोही हताहत भएको बताइएको छ । तर  क्षतिको बिवरण यकिन हुन सकेको छैन ।

नेपालभ्युज

मनास्लु हिमालमा हिमपहिरो, हेलिकोप्टरबाट आरोहीको उद्धार गरिँदै
मनास्लु हिमाल चढ्ने आरोहीले हालेका टेन्ट । तस्वीर स्रोत : छाङदावा शेर्पा

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार गएको हिमपहिरोमा परी केही पर्वतारोही हताहत भएको बताइएको छ ।

तर  क्षतिको बिवरण यकिन हुन सकेको छैन । हिमपहिरोका कारण फसेका आरोहीको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर गएको छ । मौसम खराब भएकाले उद्दारमा कठिनाई भइरहेको छ ।

गोरखाको मनास्लु हिमाल आरोहण गर्न यसपटक ३८ वटा दललाई अनुमति दिइएको छ । यसमा ९७ महिलासहित ४ सय ४ जना छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved