पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनामा दुई मेजरसहित ६ जनाको मृत्यु

नेपालभ्युज

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनामा दुई मेजरसहित ६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी सेनाको एक हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा दुई पाइलट समेत ६ जना सैनिकको ज्यान गएको छ ।

बलूचिस्तान प्रान्तको खोस्त नजिकै एक मिशनका बेला हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा दुईजना पाइलट मेजर समेत छन् ।

पाकिस्तानी संचारमाध्यमका अनुसार पाइलट मेजर मोहम्मद मुनीब, पाइलट मेजर खुर्रम शहज़ाद, नायक जलील, सूबेदार अब्दुल वहीद, सिपाही शोएब र मुहम्मद इमरानको मृत्यु भएको छ ।

बलूचिस्तानमै केही अघि हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेंट जनरल सरफराज़ अलीसहित ६ जनाको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved