सात रोपनी जग्गामा बनेको आफ्नै घरमा सरे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्।

नेपाल भ्युज

सात रोपनी जग्गामा बनेको आफ्नै घरमा सरे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्।

काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन्।

ठेकेदार अधिकारी समयमै ठेक्का नसक्ने र गुणस्तरहीन काम गर्ने भन्दै बेलाबेलामा विवादमा आइरहन्छन्। कम्युनिस्ट पार्टीका नेता त्यस्ता विवादित ठेकेदारलाई संरक्षण गरेर उनको घरमा बसेको भन्दै प्रचण्डको आलोचना हुन्छ।

अब भने प्रचण्डले आफ्नै सम्पत्तिमा घर बनेको देखाएका छन्। भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा एक टोलको नाम प्रचण्ड टोल राखिएको छ। भरतपुरको चौबिसकोठीबाट करिब आधा घण्टामा पुगिने त्यो टोल प्रवेश गर्ने ठाउँमा राखिएको बोर्डमा ‘प्रचण्ड टोल विकास संस्था तपाईँहरूको हार्दिक स्वागत गर्दछ’ लेखिएको छ।

त्यहाँबाट करिब २ सय मिटर दक्षिण लागेपछि प्रचण्डको घर रहेको छ। करिब ७ रोपनी जमिनको मध्यभागमा ५० फिट लम्बाइ ३५ फिट चौडाइको घरमा बनाइएको छ। यसअघि उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा एक कट्ठा जमिन र तीन तोला सुन सम्पत्ति देखाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved