दुई महिनामै ४ सय ४१ वटा विद्युतीय गाडी भित्रिए, भदौमा कति स्मार्टफोन आयात भए ?

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार  साउन र भदौमा १ अर्ब १९ करोड बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। दुई महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ४ सय ४१ वटा आयात भएका छन्।

नेपालभ्युज

दुई महिनामै ४ सय ४१ वटा विद्युतीय गाडी भित्रिए, भदौमा कति स्मार्टफोन आयात भए ?

काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा विद्युतीय गाडीको आयात उत्साहजनक भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार  साउन र भदौमा १ अर्ब १९ करोड बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। दुई महिनामा विद्युतीय कार, जीप र भ्यान गरी ४ सय ४१ वटा आयात भएका छन्।

भारतबाट मात्रै ३ सय ४ वटा विद्युतीय गाडी आयात भएका छन्।  यसैगरी कोरियाबाट ६४ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। यस्तै दुई महिनामा चीनबाट ४० वटा मात्र विद्युतीय गाडी आयात भएका छन्। चीनमा कोभिड-१९ को कारणले लकडाउन तथा नाका बन्द गरिएको छ।

यस्तै,  सरकारले महँगा स्मार्टफोनको आयातमा प्रतिवन्ध लगाएपनि भदौ महिनामै तीन अर्ब ६० करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भदौमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको २ लाख ६२ हजार ७३६ थान स्मार्टफोन भित्रिएको छ। अघिल्लो वर्षको भदौको तुलनामा यो वर्षको भदौमा झण्डै दुई अर्ब रुपैयाँ कम मोबाइल भित्रिएको छ। २०७८ को भदौमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ८ लाख ३१ हजार २४७ थान फोन भित्रिएको थियो।

यो आर्थिक वर्षको साउनमा दुई अर्ब ५७ करोड रुपैयाँबराबरको १ लाख ७६ हजार २४९ थान मात्रै स्मार्टफोन आयात भएको थियो।  सरकारले असोज २८ गतेसम्म ३ सय अमेरिकी डलरभन्दा बढीको फोन आयातमा प्रतिबन्ध लम्ब्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved