रोमाञ्चक खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई तीन रनले हरायो

इंग्ल्याण्डलाई जितको लागि अन्तिम ओभरमा जम्मा चार रन चाहिएको थियो र एक विकेट बाँकि थियो । तर अन्तिम ओभरको दोस्रो बलमा रिसी टोप्ली रनआउट भएपछि खेल पाकिस्तानले जित्यो ।

नेपालभ्युज

रोमाञ्चक खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई तीन रनले हरायो

काठमाडौं। चौथो टी-२० खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई तीन रनले हराएको छ । कराँचीमा आइतबार राती भएको निकै रोमाञ्चक खेलमा तीन रनको जित निकाल्दै सात खेलको शृङ्खला पाकिस्तानले २-२ को बराबरीमा पुर्‍याएको छ ।

पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो । इंग्ल्याण्डलाई जितको लागि अन्तिम ओभरमा जम्मा चार रन चाहिएको थियो र एक विकेट बाँकि थियो । तर अन्तिम ओभरको दोस्रो बलमा रिसी टोप्ली रनआउट भएपछि खेल पाकिस्तानले जित्यो ।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र  लियाम डसनले ३४–३४ रनको योगदान गरे । यस्तै,  बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३/३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए । इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने  लियाम डसन र डेबिड विल्लेले समान एक/एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved